
काठमाडौं । विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरुको धर्नामा अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी लगाएत सहभागी भएका छन् । सिभिल सहकारीले आफुहरुले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरु धर्नामा सहभागी भएका हुन् ।
सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउदा आफुहरु निकै समस्यामा परेको भन्दै उनीहरुले सरकारले उचित तवरले समस्या समाधान गर्न आग्रह गरेका छन् । भुसालले सहकारीबाट दुख पाएको तीन बर्ष भएको भन्दै सहकारी सञ्चालकहरुको सम्पती बिक्रि गरेर पीडितलाई न्याय दिनुपर्ने बताइन् ।
चर्चित अभिनेत्री भुसालले आफु लगाएत परिवारका १४ जनाको दुई करोड ६० लाख तथा भुवन चैत्य बसुन्धरा फाउण्डेसनकातर्फबाट राखिएको १५ लाख समेत फसेको गुनासो गरिन् । उनले हजारौ सहकारीको बदमासीलाई सरकारले कारवाही गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस