aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु र कुमारी बैंकको साढे १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ साउन २०८०
प्रभु र कुमारी बैंकको साढे १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक र कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको कुल १२ लाख ६० हजार ५२९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कुमारी बैंकले ३४ हजार ५९२ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

त्यस्तै प्रभु बैंकले ३ लाख ८ हजार ८२९ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि र ९ लाख १७ हजार १०८ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । प्रभु बैंकले संस्थापक शेयरधनीवाहेक अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरेको शेयर खरीदका लागि आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

प्रभु बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लेखित कित्ता शेयर दोस्रो चरणमा सर्वसाधारणले खरीद गर्न पाउने गरी जारी गरेको हो । कुमारी बैंक र प्रभु बैंककै संस्थापक शेयरधनीहरूका लागि मात्र जारी भएको शेयर खरीदका लागि भने आगामी ३५ दिनभित्र सम्बन्धीत आवेदन पेश गर्नुपर्नेछ । 

कुमारी बैंकको शेयर खरीदका लागि केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय नक्साल, नागपोखरी , काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गरिएको यो शेयर तोकिएको अवधिभित्र वितरण हुन नसकेकोमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी सम्बन्धीत कम्पनीहरूले दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस