aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

समता लघुवित्तको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
समता लघुवित्तको लाभांश  प्रस्ताव

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको नाफाबाट ३१ दशमलव ५८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको असोज ९ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १६ दशमलव ५८ प्रतिशत लाभांश दिने भएको हो । 
कम्पनीले निर्णय गरेपनि लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेमा प्राप्त गर्न सक्नेछन । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ६ लाख ७२ हजार छ । गत आवमा कम्पनीले रू. २५ करोड ७ लाख ९७ हजार खुद नाफा गरेको छ । 

प्रतिक्रिया दिनुहोस