aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मेरो माइक्रो फाइनान्सद्वारा ५ लाख बीमा रकम हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ साउन २०८०
मेरो माइक्रो फाइनान्सद्वारा ५ लाख बीमा रकम हस्तान्तरण

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका सदस्य लक्ष्मी देवी सुनारलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट ५ लाख रुपैयाँ लघु उद्यम कर्जा लिएका सदस्य लक्ष्मी सुनारको श्रीमान भक्त बहादुर सुनारको मृत्यु दावी वापत उक्त रकम हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई सदस्य कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा -चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए ।

मेरोमाइक्रोफानान्स लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख कृष्ण प्रसाद उप्रेती र दोधारा–चाँदनी नगरपालिका ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले लक्ष्मी देबीलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए । सदस्य लक्ष्मी देबि मेरोमाइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाको शाखा कार्यालय दोधारा–चाँदनी, कञ्चनपुरद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आवद्ध  छिन् । 

प्रतिक्रिया दिनुहोस