aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नयाँ नोट आजबाट साट्न सकिने,हेर्यौ पाइने स्थानहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
नयाँ नोट आजबाट साट्न सकिने,हेर्यौ पाइने स्थानहरु

काठमाडौं । नेपाल राष्ट्र बै‌कले चाडपर्वलाई लक्षित गरी नयाँ नोट साट्ने काम आज बाट शुरू गरेको छ ।  बैंकले आजदेखी आगामी १७ गतेसम्म नयाँ नोट उपलब्ध गराउने जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका १र१ प्याकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट लिन सक्नेछन् ।

सर्बसाधारणले आफुलाई पाएक पर्ने  राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकका सबै शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले  जनाएको छ । 

नयाँ नोट साट्न सकिने स्थानहरु  

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुरमा रहेका नेपाल बैंकका शाखाबाट नयाँ नोट साट्न सकिने छ । 

काठमाडौं उपत्यकाभित्र नै राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार, सिंहदरबार परिसर, टेकु, नयाँ वानेश्वर, सानोथिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखामा रहेका राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट नयाँ नोट सटही गर्न सकिने छ ।

कृषि विकास बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिने विभागले जनाएको छ । विभागका अनुसार गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोकमा रहेका कृषि विकास बैंकका शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिने छ ।  

राष्ट्र बैंकले काठमाडौं उपत्यका बाहिर पनि विभिन्न स्थानबाट नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको छ । उपत्यका बाहिर विराटनगर, जनकपुर, वीरगञ्ज,  पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा रहेका राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट साट्न सकिने छ ।
 

प्रतिक्रिया दिनुहोस