aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माछापुच्छ्रे बैंकले कमायो १ अर्ब ८५ करोड खुद नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ साउन २०८०
माछापुच्छ्रे बैंकले कमायो १ अर्ब ८५ करोड खुद नाफा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ८५ करोड रुपैयाँ भन्दाबढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको हो । बैंकले अघिल्लो वर्षको सो अवधिमा १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा पनि बढेको हो । चौथो त्रैमाससम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।  

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । यसका साथै सञ्चालन नाफा ९.९१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड ८३ लाख ५५ हजार रुपैयाँ पुगेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ८२ करोड रुपैयाँ पुगेको छ ।  

बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६० पैसा बढेर १८ रुपैयाँ ५ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा रहेको छ । बैंकको चुक्तापुँजी १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ रहेको छ । यसका साथै जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित छ ।  
 

प्रतिक्रिया दिनुहोस