काठमाडौं । प्रभु बैंकले मकवानपुरको हेटौडा उप–महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । हेटौडास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टर मकवानपुरका प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले उद्घाट्न गर्नुभएको हो ।
प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा ३५ वटा एक्स्टेन्सन काउन्टरमार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस