काठमाडौं । माछापुच्छ्रे बैंकको ५ प्रतिशत वोनस शेयरको नेपाल स्कट एक्सचेन्ज (नेप्से) मा मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछि मूल्य २३१ तोकेको छ । बैंकको लाभांश बिहीबारसम्म कायम शेयरधनीले पाउनेछन् । बैंकले लाभांश पारितको लागि असोज २४ गते वार्षिक साधारण सभा गर्न लागेको छ । बैंकले गत वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस