aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सानिमा बैंकका ग्राहकहरुलाई ‘फूडमाण्डू’मा क्यासब्याक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ साउन २०८०
सानिमा बैंकका ग्राहकहरुलाई ‘फूडमाण्डू’मा क्यासब्याक

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न ‘फूडमाण्डू’संग क्यासब्याक अफरको व्यवस्था गरेको छ । यो योजना यहि साउन २०  गतेदेखि माघ २० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुने भएको हो ।    

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार ‘फूडमाण्डू’ मा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म छुट पाइनेछ ।

त्यस्तै, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्मको क्यासब्याक पाउन सक्नेछन् । ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ता भित्र क्यासब्याक प्राप्त गर्नेछन् । 
 
 

प्रतिक्रिया दिनुहोस