aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिद्धार्थ बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा, जगेडा कोष मजबुत बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ साउन २०८०
सिद्धार्थ बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा, जगेडा कोष मजबुत बन्दै

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको पुँजी तथा जगेडा कोषमा मजबुत बन्दै गएको छ भने बैंकले गत वर्षको अन्त्यसम्ममा ३ अर्बभन्दा बढी नाफा कमाएको छ। बैंकको वितरण योग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ  पुर्याएको छ ।  अब  बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ५ रुपैयाँ ६५ पैसा रहेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १४.५७ प्रतिशत र सञ्चालन मुनाफा ९.८३ प्रतिशत बढेको छ। 

अघिल्लो वर्ष बैंकलेले २ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २३ दशमलव ९७ प्रतिशत र सञ्चालन नाफा ९ दशमलव ८३ प्रतिशत वृद्धि भएको छ । 

त्यस्तै कम्पनीको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । यस वितरणयोग्य नाफाको आधारमा कम्पनीको लाभांश क्षमता ५ दशमलव ६४ प्रतिशत रहेको छ । यस वर्षको नाफाबाट एक अर्ब ४६ करोड ऋणपत्रको लागि पुँजी फिर्ता जगेडा कोषमा विनियोजन गरेको कारण वितरणयोग्य नाफामा कमी देखिएको हो । 

अघिल्लो आवको मुनाफाबाट कम्पनीले शेयर धनीलाई १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा,मूल्य आम्दानी अनुपात ११ दशमलव १७ गुणा, तरलता अनुपात ३० दशमलव ९५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ । 

कम्पनीको चुक्ता पुँजी १४ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । त्यस्तै कम्पनीले जगेडामा १० अर्ब ५७ करोड रुपैयाँ र रिटेनड अर्निङमा ७९ करोड ५७ लाख रुपैयाँ सञ्चिति गरेको छ । 

बैंकले जारी गरेको ऋणपत्रको लागि आफ्नो नाफाबाट प्रत्येक वर्ष निश्चित रकम विनियोजन गर्नुपर्ने हुन्छ । यसरी विनियोजित रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरुलाई बोनस शेयरको रूपमा वितरण गर्न सकिन्छ । यसर्थ, हाललाई वितरणयोग्य नाफा गणना गर्दा उक्त रकम वितरणयोग्य नाफाबाट घटाइएता पनि ऋणपत्र परिपक्व भएपछि पुँजी फिर्ता जगेडा कोषमा विनियोजित रकम शेयर धनीलाई नै लाभांशको रूपमा वितरण गर्ने गरिन्छ । बैंकको वास्तविक वितरणयोग्य नाफा २ अर्ब २५ करोड अर्थात् १६५ देखिन आउँछ ।  

सञ्चालन आम्दानीमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएको छ । यस अन्तर्गत मुख्यतया विदेशी विनिमय सम्बन्धित आम्दानी तथा शेयर लगानी गर्दा प्राप्त हुने लाभांश आम्दानी पर्दछ । गत आर्थिक वर्षको एघार महिनामा देशको आयातमा १६५ ले कमी आएको छ र यसले गर्दा बैकको विदेशी विनिमय सम्बन्धित आम्दानीमा प्रभाव पारेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस