aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु बैंकको खुद नाफामा ४८.५४ प्रतिशतले बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० साउन २०८०
प्रभु बैंकको खुद नाफामा ४८.५४ प्रतिशतले बढायो

काठमाडौं । प्रभु बैंकको खुद नाफामा ४८.५४ प्रतिशतले बढाएको छ । बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेपछि नाफामा २ अर्ब ८२ करोड खुद नाफा कमाएको हो। पोहोर बैंकको नाफा एक अर्ब ९० करोड थियो।

बैंकले असारसम्म १० अर्ब २५ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन पोहोरको ५ अर्ब ७४ करोडभन्दा ७८.६२ प्रतिशत बढी हो। सेन्चुरी कमर्सियल बैंकलाई गाभेपछि प्रभु बैंकको कर्जा विस्तार पोहोर असारभन्दा ६३.८५ प्रतिशत बढी छ। निक्षेप संकलन पनि ६१.८२ प्रतिशतले बढेको छ।

तर वितरणयोग्य मुनाफा ह्‍वात्तै साँघुरिएको छ। १६ करोड १६ लाख रुपैयाँ मात्रै यस्तो नाफा देखिन्छ। सेन्चुरीलाई गाभेपछि बैंकको खराब कर्जा पनि उल्लेख्य दरमा वृद्धि भएको छ। खराब कर्जा ४.१६ प्रतिशत छ। त्यस्तै, प्रोभिजनिङको लागि बैंकले २ अर्ब ४१ करोड रुपैयाँ छुट्याएको छ।


 

प्रतिक्रिया दिनुहोस