aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल बैंकको वित्तीय विवरण सार्वजनिक, नाफा १६.७० प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० साउन २०८०
नेपाल बैंकको वित्तीय विवरण सार्वजनिक, नाफा १६.७० प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो तथा अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सर्वाजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत,  खुद शुल्क तथा कमिशन आम्दानी ३.८३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१.१९ प्रतिशत बढेको छ।

 बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ  र प्रतिशेयर ६ रुपैयाँ ६२ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस