aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कृषि विकास बैंकको नाफा करिब ४६ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
कृषि विकास बैंकको नाफा करिब ४६ प्रतिशतले बढ्यो

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ७७ करोड ३३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष बैंकको खुद नाफा ४५ दशमलव ९८ प्रतिशत बढी भएको हो । 

अघिल्लो वर्ष सो अवधिसम्म बैंकले १ अर्ब ८९ करोड ९८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य नाफा भने गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ३ अर्ब ५२ करोड १७ लाख रूपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब ७१ लाख रूपैयाँभन्दा बढी मात्र रहेको हो ।

गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज कम रहेको छ । अघिल्लो वर्ष ९९ करोड २७ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ९१ करोड ९१ लाख रूपैयाँभन्दा बढी रहेको छ । सञ्चालन नाफा भने गत वर्ष २६ प्रतिशतभन्दा बढी रहेको छ । अघिल्लो वर्ष ३ अर्ब ६० करोड ४४ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ४ अर्ब ५४ करोड ४२ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

२ प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रूपैया रहेको बैंकको रिटेन्ड अर्निग ३ अर्ब ६० करोड ८९ लाख रूपैयाँभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने ११ अर्ब ७२ करोड ९७ लाख रूपैयाँभन्दा बढी कायम छ । बैंकले अघिल्लो वर्षभन्दा करिब २० प्रतिशत बढी १ खर्ब ९९ अर्ब ४८ करोड ६६ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने शून्य दशमलव ९३ प्रतिशत कम १ खर्ब ७१ अर्ब ६९ करोड ९१ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । 

निष्क्रिय कर्जा २ दशमलव शून्य ९ प्रतिशत रहेको अघिल्लो वर्ष गत वर्ष २ दशमलव ४८ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी २० रूपैयाँ ६२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २११ रूपैयाँ ६० पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस