aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

लक्ष्मी बैंककोे ऋणपत्र आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
लक्ष्मी बैंककोे ऋणपत्र आउँदै

काठमाडौं । लक्ष्मी बैंकले असोज २३ गतेदखि ऋणपत्र जारी गर्न लागेको छ । सो ऋणपत्रमा छिटोमा असोज २७ गते र ढिलोमा कात्तिक २२ गतेसम्म आवेदन दिन सकिन्छ । 

लक्ष्मी बैंकले १० प्रतिशत ब्याजदरमा २०८६ सम्मको लागि २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेकोे हो । २० लाखमध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणको लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत संघसंस्थालाई बिक्री गर्नेछ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एन्ड बैंकिङ्ग लिमिटेड रहेको छ । 

प्रतिऋणपत्र एक हजार रुपैयाँ ले न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले बीबीबी प्लस ग्रेडिङ दिएको छ । 

प्रतिक्रिया दिनुहोस