
काठमाडौं । आइतबार सम्ममा सबै वाणिज्यहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको ती रिपोर्टहरूमा देखिएको छ ।
वित्तीय विवरण अनुसार १८ बैंकको नाफा बढ्दा दुइ वटाको नाफा भने घटेको छ । हाल सञ्चालनमा रहेका वाणिज्य बैकहरूमध्ये नबिल बैंक सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ ।
कुनले कति कमाए ?
नबिल बैंक
नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हाल सञ्चालनमा रहेका वाणिज्य बैकहरूमध्ये सबैभन्दा बढी नाफा यो बैंकले कमाएको हो ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर १४ रुपैयाँ ६४ पैसा रहेको छ भने कुल सञ्चालन आम्दानी ८८.९६ प्रतिशत बढेको छ । चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यो बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चित छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड २८ लाख रुपैयाँ रहेको छ भने खुद ब्याज आम्दानी १२ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ गरेको छ । बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ र छ भने जगेडा कोष ३६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्ब २९ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा १५ करोड ८३ लाख ३८ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २३ अर्ब ८९ करोड ४५ लाख ४६ हजार रुपैयाँ रहेको छ ।
एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको खुद नाफा १० दशमलव ३५ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकले ४ अर्ब २१ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रहेको छ । यस बैंकको चुक्तापूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार छ भने जगेडा कोष रकम १४ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी कायम छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ७४ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।
एनएमबि बैंक
एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ भने १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यस बैंकको जगेडा कोषमा १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ छ भने जगेडा कोष १० अर्ब २२ करोड ७३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब २० करोड ३४ लाख रुपैयाँ सञ्चित छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको छ । बैंकको चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा भने ६ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम कायम छ ।
प्रभु बैंक
प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब १८ करोड २५ लाख रुपैयाँ सञ्चित छ ।
सानिमा बैंक
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सानिमा बैंक लिमिटेडले २ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म २ अर्ब ९ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब २० करोड रुपैयाँभन्दा बढी रहेको छ । बैंकको जगेडा कोष रकम ४ अर्ब ७० करोड ७२ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी २१ रुपैयाँ २ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा छ ।
कृषि विकास बैंक
कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ । सञ्चालन नाफा भने गत वर्ष ४ अर्ब ५४ करोड ४२ लाख रुपैयाँभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने ११ अर्ब ७२ करोड ९७ लाख रुपैयाँभन्दा बढी कायम छ ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब २४ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो नाफा ३६.८२ प्रतिशत बढी हो । अघिल्लो आवमा यस बैंकले १ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड २ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २६ करोड नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ७८ करोड नाफा गरेको थियो ।
यस अवधिमा बैंकले ७ अर्ब २७ करोड खुद ब्याज आम्दानी गरेको हो । बैंकको जगेडा कोषमा ८ अर्ब ८० करोड रहेको छ ।
कुमारी बैंक
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस