aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कृषि विकास रकम चोरी प्रकरणमा १६ जना पक्राउ पर्दा पनि मुख्य योजनाकार अझै फरार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
कृषि विकास रकम चोरी प्रकरणमा १६ जना पक्राउ पर्दा पनि मुख्य योजनाकार अझै फरार

काठमाडौं । कृषि विकास बैंकको रकम चोरी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छ । चोरीमा संलग्न थप तीनजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालका  अनुसार महेन्द्रनगर, पर्वत र गंगबुबाट एकरएकजना पक्राउ परेका छन । 

बैंकको महेन्द्रनगर शाखाका यज्ञराज भट्ट,  खातामा ४५ लाख रुपैयाँ, पर्वतकी मालतीदेवी न्यौपाने भट्टराई खातामा २४ लाख रुपैयाँ फेला परेपटिछ प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको एसपी ढकालले जानकारी दिएका छन । त्यस्तै, पर्वतका गणेश बस्याल गंगबुबाट पक्राउ परेका छन्। 

 आइतबार कृषि विकास बैंककै रकम चोरी प्रकरणमा लवङ तामाङ, विद्यासागर लामिछाने,  पुष्पराज खड्का,  सञ्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सोहि प्रकरणमा मंगलबार  लक्ष्मी श्रेष्ठ, श्रवणकुमार श्रेष्ठ र भारतीय नागरिक शुभंकर पन्जा, विजयकुमार साह र बुधबार चन्द्रबहादुर बुढा पक्राउ परेका थिए। यो घटनाका मुख्य योजनाकार भनिएका  काले भने हालसम्म पनि फरार रहेका छन । 

प्रतिक्रिया दिनुहोस