aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वाणिज्य बैंकहरूमा खराब कर्जा १२३% ले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
वाणिज्य बैंकहरूमा खराब कर्जा १२३% ले बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरूको खराब कर्जा अघिल्लो आर्थिक वर्षमा भन्दा शतप्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा औषत १.२०% खराब कर्जा रहेकोमा गत आर्थिक वर्ष २०७९/८० मा २.७०% पुगेको हो ।

एक वर्ष अवधिमा वाणिज्य बैंकहरूमा अघिल्लो सोही अवधिमा भन्दा १२३% भन्दा धेरैले बढेको हो । यसले कोरोना महामारीभन्दा अघि नै बैंकबाट कर्जा लिएकामध्ये धेरै ऋणीले अझै ऋण नतिरेको देखाउँछ । त्यस पछिको आर्थिक मन्दीका कारण पनि ऋणीहरू कर्जा तिर्न विफल भएको देखिएको छ ।

आन्दोलनका नाममा बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

साथै, बैंकबाट एकल या सामूहिक जमानीमा ठूलो ऋण लिएका ऋणीहरूले केही अघि बैंक/वित्तीय संस्थाविरुद्ध गरेको अराजक आन्दोलनले पनि ऋणीहरूलाई ऋण नतिर्न प्रोत्साहन गरेको देखाउँछ । तर, गत आर्थिक वर्षको तेस्रो त्रैमासमा भन्दा चौथो त्रैमासमा बैंकहरूको खराब कर्जा घटेको देखिएको छ । चैत मसान्तमा यस्तो कर्जा ३.२३% थियो ।

असार अन्त्यसम्म वाणिज्य बैंकहरूको खराब कर्जा औषत ५% सम्म पुग्नसक्ने भन्दै केन्द्रीय बैंकले फागुनमै अनौपचारिक रूपमा सचेत गराएको थियो । लगत्तै, वाणिज्य बैंकहरू कर्जा असुलीमा केन्द्रित भएका थिए ।

यस्तो छ बैंकहरूको खराब कर्जा स्थिति :

क्र.स‌. बैंक खराब कर्जा (आ.व. २०७८/७९) खराब कर्जा (आव २०७९/८०) कैफियत
कुमारी १.११ ४.७७ ४% भन्दा बढी
हिमालयन १.५९ ४.५७ ४% भन्दा बढी
नेपाल इन्भेष्टमेन्ट मेगा १.४९ ४.३५ ४% भन्दा बढी
प्राइम १.७७ ४.२३ ४% भन्दा बढी
प्रभु १.८६ ४.१६ ४% भन्दा बढी
सिटिजन्स २.२२ ३.१९  
ग्लोबल आइएमई १.२८ ३.०८  
राष्ट्रिय वाणिज्य २.०९ २.९५  
नेपाल बैंक १.८३ २.८५  
१० लक्ष्मी सनराइज ०.८९ २.८१  
११ एनएमबी १.४५ २.७२  
१२ कृषि २.०९ २.४८  
१३ नेपाल एसबीआइ ०.१५ २.४३  
१४ माछापुच्छ्रे १.०४ २.१२  
१५ सिद्धार्थ १.०७ २.०१  
१६ सानीमा ०.३३ १.३  
१७ नबिल ०.६४ १.२३  
१८ स्ट्याण्डर्ड चार्टर्ड ०.५९ १.१७  
१९ एभरेष्ट ०.१२ ०.७९  
२० एनआइसी एसिया ०.५३ ०.८  

 

प्रतिक्रिया दिनुहोस