aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एनआइसी बैंकको लाभांश पारित, आजैबाट खातामा नगद पठाउन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
एनआइसी बैंकको लाभांश पारित, आजैबाट खातामा नगद पठाउन शुरु

काठमाडौं । एनआईसी एसिया बैंकको २२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले  १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय २१  रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये १० प्रतिशतका दरले हुन आउने  ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने  ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले बैंकको पुँजी वृद्धिको प्रस्ताव पनि पारित गरेको छ । यसबाट बैंकको चुक्ता पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ रुपैयाँ पुगेको छ । बैकमा डिम्याट खाता हुने शेयरधनीलाई आजै  नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस