aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल राष्ट्र बैंक र माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सम्बन्धी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
नेपाल राष्ट्र बैंक र माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सम्बन्धी सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक बैंकिङ्ग विभाग बालुवाटारमा नेपाल पे र फोन पे दुबै नेटवर्कको क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी एंव माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।  

उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्युआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्नेछन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ । 

यसबाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस