काठमाडौं । एनएमबी बैंक लिमिटेडले संस्थापक तर्फको १० हजार ७३२ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ । बैंकको संस्थापक शेयरको मुल्य प्रतिकित्ता १२८ रूपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस