aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सूर्योदय लघुवित्तको नाफामा ८३ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ बैशाख २०७६
सूर्योदय लघुवित्तको नाफामा ८३ प्रतिशतले वृद्धि

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड (Suryodaya Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा २ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ८३ दशमलव १९ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा १ करोड ४४ लाख कमाएको थियो ।

१० करोड रुपैयाँ चुक्ता पुँजी भएको सूर्योदयले जगेडाकोषमा ६ करोड ९९ लाख रुपैयाँ छुटाएको छ । 

सूर्योदयले निक्षेपमा ५४ करोड २३ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ६९ दशमलव २३ प्रतिशतले वृद्धि गरेको हो ।

सूर्योदय लघुवित्तको खुद ब्याज आम्दानी ६९ दशमलव ७६ प्रतिशतले बढेर ७ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६३ दशमलव ६३ प्रतिशतले बढेर ३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । 

सूर्योदय लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ९३ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३ दशमलव ०६ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ३२ दशमलव ७६ रुपैयाँ, मुल्य आम्दानी अनुपात २१ दशमलव २२ गुणा, प्रतिशेयर नेटवर्थ १६४ दशमलव ८२ रुपैयाँ र तरलता अनुपात २१ दशमलव २२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस