aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकले तिरायो एक करोड ९९ लाख जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ साउन २०८०
तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकले तिरायो एक करोड ९९ लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई एक करोड ९९ लाख १० हजार ७२२ रुपैयाँ जरिवाना तिराएको हो ।    

प्राइम कमर्सियल बैंकलले राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको पाइएको छ । यस बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं.१५/०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, कर्जा/निक्षेप अनुपात कायम नगर्ने कुमारी बैंक्लाई राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ जरिवाना तिराएको छ । यसका साथै कर्जा/निक्षेप अनुपात कायम नगर्ने हिमालयन बैंकलाई पनि राष्ट्र बैंकले एक करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिवाना तिराएको हो । 
 

प्रतिक्रिया दिनुहोस