aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सनराइज क्यापिटलको २० प्रतिशत नगद लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असोज २०७६
सनराइज क्यापिटलको २० प्रतिशत नगद लाभांश पारित

काठमाडौँ । सनराइज क्यापिटल लिमिटेडको ९ औं वार्षिक साधारण सभा असोज १० गते एलिस रिसेप्सन गैह्रिधारा, काठमाडौंमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आ.ब. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश (४ करोड नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, सभाले आ.ब. २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस