aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई रामनगर समुदायिक हस्पिटलमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ साउन २०८०
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई रामनगर समुदायिक हस्पिटलमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले रामनगर समुदायिक हस्पिटलसंग सम्झौता गरेको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटससँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले रामनगर समुदायिक हस्पिटलको विभिन्न सेवाहरुमा विशेष २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस