
नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (Naya Nepal Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा ८३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ३५ गुणाले नाफा वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा २ लाख कमाएको थियो ।
८ करोड रुपैयाँ चुक्ता पुँजी भएको नयाँ नेपाल लघुवित्तले जगेडाकोषमा ३ करोड ३ लाख रुपैयाँ छुटाएको छ ।
नयाँ नेपालले निक्षेपमा ११ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ६१ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । कर्जा अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा १०३ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको हो ।
नयाँ नेपाल लघुवित्तको खुद ब्याज आम्दानी ११६ दशमलव ६६ प्रतिशतले बढेर २ करोड ६८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८५ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी गत वर्ष ५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
नयाँ नेपाल लघुवित्तको निष्कृय कर्जा १ दशमलव ९६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १७ दशमलव ८१ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १३ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानी अनुपात ६६ दशमलव २० गुणा, प्रतिशेयर नेटवर्थ १३६ दशमलव ११ रुपैयाँ र तरलता अनुपात ११ दशमलव ७९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस