
काठमाडौं । देवः विकास बैंकले ग्राहकलाई डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । देवः विकास बैंकका ग्राहकले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै १०० रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोइन्ट पनि पाउने छन् ।
प्रतिक्रिया दिनुहोस