aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

नेपाल इन्भेस्टमेन्ट बैंकको आफ्नै पेमेन्ट गेटवे शुरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
नेपाल इन्भेस्टमेन्ट बैंकको आफ्नै पेमेन्ट गेटवे शुरू

काठमाडौं । घटस्थापनाको अवसर पारेर नेपाल इभेस्टमेन्ट बैंकले आफ्ना डेबिड, क्रेडिट भिसा कार्ड वाहक ग्राहकका लागि सुरक्षित र सरल अनलाइन कारोबारका सुविधा प्रदान गर्ने आफ्नै पेमेन्ट गेटवे शुरु गरेको छ । 

यो पेमेन्ट गेटवेले व्यापारिक भुक्तानी पोर्टल (वेबसाइट आदि), प्राप्तिकर्ता बैंक, भिसाजस्ता कार्ड विनियम प्रणाली र जारीकर्ता बैंकबीच कारोबार भएकै समय(रियल टाइम)मा भुक्तानी सहजीकरण सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रयोगकर्ताका लागि प्रणालीमाथि विश्वसनीय सुनिश्चिता कायम गर्न उच्च सुरक्षित इन्क्रिप्सन र अन्य बहुआयामिक सुरक्षा विधिबाट कारोबारका डाटा सुरक्षित बनाइएको छ । अब व्यापारीले विश्वभरि नै आफ्ना वस्तु तथा सेवा बिक्री गर्नसक्छन् भने कार्डवाहकहरूले इकर्मस साइटबाट सातै दिन २४सै घण्टा  सुरक्षित रुपमा अनलाइनबाट वस्तु तथा सेवा किनमेल गर्न सक्छन् ।

बैंकले सेवा आरम्भ गरेको अवसरमा छानिएका बिक्रेतामा लागू हुने गरी अनलाइन कारोबारमा २५ प्रतिशतसम्म नगद फिर्ता (क्यास ब्याक) अफर घोषणा गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले ८२ शाखा, १२२ एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस