aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

नेपाल बैंकको सीईओमा अधिकारी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
नेपाल बैंकको सीईओमा अधिकारी नियुक्त

काठमाडाैं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन। शनिबार बसेको संचालक समितिको बैठकले अधिकारिलाई आगामी ४ बर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो। 

अधिकारिसंग नेपाल बैंकमै १६ बर्षदेखि काम गरेको अनुभव छ। २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका अधिकारि न्युरोड शाखा प्रमुख, सहायक कार्यकारी प्रमुख, कामु सीईओ हुँदै अन्तत: नेपाल बैंकको प्रमुख कार्यकारी बनेका हुन। नेपाल बैंककै करियर बैंकर रहेका अधिकारि कर्जा बिभाग प्रमुख समेत भएर काम गरेका थिए। अधिकारि त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए हुन्। 

अधिकारिले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सीईओमा नियुक्त भएका हुन। प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि उनि ६ महिना कामु सिइओ बनेका थिए।

प्रतिक्रिया दिनुहोस