
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पँुजी १० करोड ८० लाख रहेको छ । कम्पनीको १२ प्रतिशत बोनस शेयर वितरणपछि पँुजी १२ करोड ९ लाख पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस