
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको साधारण शेयर जारी भएको छ ।
कम्पनीको दोस्रो वार्षिक साधारण सभाले विशेष प्रस्ताव सहित सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको हो । कम्पनीको दोश्रो वार्षिक साधारणसभा आइतबार कम्पनीको रजिष्टर्ड कार्यालय पोखरा, कास्कीमो नन्द किशोर शर्माको सभापतित्वमा भएको हो ।
सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी उपप्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा आ.व.०७४÷७५ देखि नै व्यवसाय शुभारम्भ गरी संचालनमा आएको नौ महिनाको छोटो अवधिमा आकर्षक जीवन बीमा योजना जारी, शाखा विस्तार, तालिम प्राप्त दक्ष अभिकर्ताहरु परिचालन, बीमा शुल्क संकलन, जीवन बीमा कोषको स्थापना, उच्च प्रतिफलयुक्त दिर्घकालिन लगानी लगायतका कार्यहरुबाट मुनाफा आर्जनमा उल्लेख्य सफलता हासिल गरेको जानकारी गराउँदै पहिलो वर्षमा नै कम्पनीको बलियो आधार स्तम्भ तयार भएको जनाएको थियो ।
साधारणसभाले संचालक समितिको प्रतिवेदन, आ.व. ०७४÷७५ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आ.व. ०७५/७६ को लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले पछिल्लो प्रगति विवरण जानकारी गराउने क्रममा कम्पनीले हालसम्म देशैभर १०३ शाखा/उपशाखा बिस्तार गर्दै रु.१.४१ अर्ब कुल बीमा शुल्क आर्जन गरी रु.२.४० अर्ब जस मध्ये ८५ प्रतिशत उच्च प्रतिफलमुलक निक्षेपमा दिर्घकालिन लगानी गर्न सफल भएको र रु.७२.८८ करोडको जीवन बीमा कोष स्थापना, ५ हजार ७ सय भन्दा बढी तालिम प्राप्त तथा दक्ष अभिकर्ताहरुको परिचालन, अन्य कम्पनीहरुले जारी नगरेका अलग्गै विशेषता भएका आकर्षक जीवन बीमा योजनाहरु जारी गर्न कम्पनी सफल भएको कारणले कम्पनीले आगामि दिनमा ब्यवसाय वृद्धी र मुनाफा आर्जनमा उल्लेख्य सफलता हासिल गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस