aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भदौ २ र ३ गते कुमारी बैंकका सम्पूर्ण सेवा नचल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ साउन २०८०
भदौ २ र ३ गते कुमारी बैंकका सम्पूर्ण सेवा नचल्ने

काठमाडौं । आगामी भदौ २ गते शनिवार र ३ गते आइतबार कुमारी बैंक लिमिटेडका सम्पूर्ण बैंकिङ सेवा नचल्ने भएका छन् । बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । 

कुमारी बैंकले हाल प्रयोग गर्दै आएको कोर बैंकिङ सफ्टवेयर थप परिष्कृत भर्जनमा स्तरोन्नति गर्न लागेको छ । जसमा लागि भदौ २ गते शनिवार बिहान ४ बजेटदेखि भाद्र ३ गते आइतबार बिहान ९ बजेसम्म सिस्टम अपग्रेड र डाटा माइग्रेसनको काग गर्ने बैंकले जनाएको छ । 

सो समयमा बैंकका काउन्टरहरू, होलिडे काउन्टर बन्द रहने भएका छन् । साथै एटिएम, डेबिट कार्य, आस्वा सेवा, कनेक्ट आईपिएस, इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ सेवाहरू समेत अवरुद्ध हुने बैंकले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस