aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गरिमा विकास बैंकको नाफा ५० प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ बैशाख २०७६
गरिमा विकास बैंकको नाफा ५० प्रतिशतले वृद्धि

गरिमा विकास बैंक (Garima Bikas Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा ४२ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५० दशमलव ५१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २८ करोड १५ लाख रुपैयाँ कमाएको थियो ।

२ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको गरिमा विकास बैंकले जगेडाकोषमा ७९ करोड ६८ लाख रुपैयाँ छुटाएको छ ।

गरिमा बैंकले निक्षेपमा ३० अर्ब ३५ करोड ६४ लाख रुपैयाँ संकलन गरी कर्जामा २६ अर्ब १५ करोड ७५ लाख रुपैेयाँ लगानी गरेको छ । जसले कर्जामा ५२ दशमलव ९४ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४१ दशमलव ६३ प्रतिशतले बढेर ९९ करोड ९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५२ दशमलव ६ प्रतिशतले बढेर ६६ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव २६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव १४ प्रतिशत, प्रतिशेयर आम्दानी २० दशमलव ०६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव ६२ गुणा, प्रतिशेयर नेटवर्थ १२८ दशमलव ५८ रुपैयाँ र तरलता अनुपात २८ दशमलव १७ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस