aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

महालक्ष्मी विकास बैंकको शाखा ठमेलमा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
महालक्ष्मी विकास बैंकको शाखा ठमेलमा विस्तार

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाण्डौको ठमेलमा शाखा विस्तार गरेको छ ।

शाखाको शुक्रबार औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले दीप प्रज्ज्वलन गरी गरे । कार्यक्रमको सभापतित्व बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले गरेका थिए । कार्यक्रममा संस्थापक शेयरधनी अर्जुनप्रसाद शर्माको पनि उपस्थिति थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए। उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरे।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस