aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रभु बैंकको १ लाख ९४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ भदौ २०८०
प्रभु बैंकको १ लाख ९४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक तर्फको १ लाख ९४ हजार २४१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी जारी गरेको हो । 

इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । धितोपत्र दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ११५ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस