aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दुई सहकारी संस्था खारेज, कुन कुन परे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ भदौ २०८०
दुई सहकारी संस्था खारेज, कुन कुन परे ?

काठमाडौं । दुई सहकारी संस्था खारेज भएका छन् । काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड खारेज गरेको हो । 

२५०२/०६६–६७ दर्ता नं. रहेको ज्येष्ठ सहकारी काठमाडौं महानगरपालिका वडा नं. ५ मा रहेको थियो भने १९३७/०६५–६६ दर्ता नम्बर रहेको सुकस सहकारी काठमाडौं महानगरपालिका वडा नं. ७ मा रहेको थियो ।

काठमाडौं महानगरपालिका सहकारी विभागको गत साउन १६ गतेको निर्णय अनुसार यी सहकारी संस्थाहरूलाई खारेजी गरिएको सूचनामा उल्लेख छ । 

 

प्रतिक्रिया दिनुहोस