aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ भदौ २०८०
कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक शेयर भदौ ५ गतेदेखि विक्रीमा आएको छ । बैंकले संस्थापक समूहमानै रहने गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले भदौ १९ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । यो शेयरको मूल्य प्रतिकित्ता १०१ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस