aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन बैंकको १५ लाख ४० हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ भदौ २०८०
हिमालयन बैंकको १५ लाख ४० हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले १५ लाख ४० हजार ७४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो । 

उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा  आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ । 

बैंकले प्रदिप कुमार विडारीको नाममा रहेको ३५ हजार ९८० कित्ता, प्रभा गोयन्का भीमसरीयाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता र जस्मिन तन्डुकारको नाममा रहेको ५२ हजार ९१० कित्ता शेयर विक्रीमा ल्याएको हो । यी शेयरहरूको विक्री मूल्य विक्रेता अनुसार फरक रहेकाले मूल्य सम्बन्धि जानकारीका लागि भने केन्द्रीय कार्यालयमा सम्पर्क राख्न समेत बैंकले अनुरोध गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस