aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा बैंकले गर्यो दराजसंग सहकार्य, ग्राहकले विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ भदौ २०८०
सानिमा बैंकले गर्यो दराजसंग सहकार्य, ग्राहकले विशेष छुट पाउने

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज मन्थ्ली पे डे’ योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्रदेखि आगामी साउन महिनासम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् पाँच सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।  छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ ।  
 
 

प्रतिक्रिया दिनुहोस