aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कुमारी बैंकको ३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ भदौ २०८०
कुमारी बैंकको ३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ हजार ५८४ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडको नक्साल, काठमाडौंमा र कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस