aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा बैंकका ग्राहकले दराजमा छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ भदौ २०८०
सानिमा बैंकका ग्राहकले दराजमा छुट पाउने

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरूका लागि दराजबाट समान किन्दा विशेष छुट पाउने भएका छन् । ग्राहकहरूले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१  सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सहकार्य अन्तर्गत सानिमाका ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ७५० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरूले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसै गरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्छन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरूले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस