aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

राष्ट्रिय वाणिज्य बैंक बौद्ध शाखाले शुभकामना कार्यक्रम गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असोज २०७६
राष्ट्रिय वाणिज्य बैंक बौद्ध शाखाले शुभकामना कार्यक्रम गर्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक बौद्ध शाखाको आयोजनामा विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवम् छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शाखा कार्यालय बौद्ध परिसरमा सोमबार सम्पन्न भएको छ । काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ पनि सहभागी थिए ।

त्यस्तै प्रदेशसभा सांसद छिरिङ लामा, बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशी, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, बौद्ध ब्यापार संघका अध्यक्ष दीपक चौलागाईंलगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । बैंकले गत आवमा ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैयाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ ।  बेस रेट ६.२३ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ सो रहेको छ । 
 
 

प्रतिक्रिया दिनुहोस