
काठमाडौं । नेपाल एसबीआई बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ८४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय पश्चात प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाइने बैंकले जानकारी दिएको छ ।
गत वर्ष यस बैंकले २ अर्ब ३० करोड ३६ लाख ४४ हजार खुद नाफा गरेको थियो । सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ५९ करोड ६८ लाख २५ हजार रहेको थियो । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रहेको छ । प्रतिशेयर आम्दानी २७ दशमलव २६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस