aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वित्तीय साक्षरता बढाउन गभर्नरको जोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० भदौ २०८०
वित्तीय साक्षरता बढाउन गभर्नरको जोड
फाइल फोटो

काठमाडौं । नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले कम्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कम्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको अवस्थामा आम जनमानसमा पनि वित्तीय साक्षरता बढाउन आवश्यक रहेको धारणा राखेका हुन् । 

गभर्नर अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् । ‘प्रविधिको विकाससँगै बैंक तथा वित्तीय क्षेत्रले नयाँ सेवा सुरुआत गरेका छन्, ती सेवा र विशेषताबारे आम जनमानसबीच जानकारी गराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले सहयोग पुग्ने विश्वास नेपाल राष्ट्र बैँकले लिएको छ’, उनले भने । 

बैंक र व्यवसायीबीचको असमझदारी कम गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्ने उनको भनाइ छ । राष्ट्र बैँकले वित्तीय साक्षरतासम्बन्धी नयाँ मार्गनिर्देशन तयार गरेर अगाडि बढेको जानकारी दिए ।   

प्रतिक्रिया दिनुहोस