aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० भदौ २०८०
महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकले उक्त सेवा सञ्चालनमा ल्याएका हो । 

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा अकाउन्ट ओपनिङ, केवाइसी अपडेट, नयाँ डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, न्यु लकर एण्ड मर्चेन्ट (क्युआर) रिक्वेस्ट एण्ड डिस्पुट क्लेम जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

बैंकको आधिकारिक वेवसाइट www.mahalaxmibank.com र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्नेछन् । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको बैंकले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस