aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

सानिमा बैंकको बोनस शेयरको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असोज २०७६
सानिमा बैंकको बोनस शेयरको मूल्य समायोजन

काठमाडौं । सानिमा बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको १० प्रतिशत बोनसमा मूल्य समायोजना गरेको हो । नेप्सेले बोनस पश्चात सानिमाको प्रतिशेयर मूल्य ३१५ रुपैयाँ तोकेको छ । 
सानिमा बैंकले गत आव २०७५/७६ को संचित मुनाफाबाट ११ दशमलव ०५३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । सोही प्रस्ताव पारित गर्न बैंकले असोज २९ गते वार्षिक साधारण सभा गर्दैछ । सभा प्रयोजनका लागि बैंकले सोमबार बुक क्लोज गरेको हो ।

प्रतिक्रिया दिनुहोस