aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कुमारी ईक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले तय गर्‍यो बुक क्लोज मिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ भदौ २०८०
कुमारी ईक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले तय गर्‍यो बुक क्लोज मिति

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरूले प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ १८ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । कुमारी धनबृद्धि योजना र कुमारी ईक्वीटी फण्डले प्रतिफल प्रयोजनका लागि उक्त दिन बुक क्लोज गर्न लागेका हुन । 

गत आर्थिक वर्ष ०७९/८० को लागि कुमारी ईक्वीटी फण्डले कर समेत १० प्रतिशत र कुमारी धनबृद्धि योजनाले कर समेत ६ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका छन् । बुक क्लोजको आधारमा भदौ १७ गते गतेसम्म कायम इकाईधनीहरूले मात्र यी दुई योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस