aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

'बैंक तथा वित्तीय संस्थाहरु 'फोर्सफुल मर्ज'को विकाल्प छैन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असोज २०७६
'बैंक तथा वित्तीय संस्थाहरु 'फोर्सफुल मर्ज'को विकाल्प छैन'

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तियहरु मर्जको  विकल्प नभएको बताएका छन् । आइतबार राजधानीमा मिडिया इन्टरनेशनलको ७ औं वार्षिकोत्सवको अवरमा आयोजिक  कार्यक्रममा उनले आफूले स्वेच्छिक मर्जरका लागि सबै बैंक तथा वित्तीय संस्थालाई प्रेरित गरिएको बताउदै अब भने फोर्स मर्जरको विकल्प नभएको बताएका हुन । 

 उनले अमेरिकाको उदाहरण दिदै उनले भने, ‘अमेरिका जस्तो लोकतान्त्रिक देशले समेत फोर्स मर्जर गराएका छन मैले त मर्जरका लागि प्रेरित मात्रै गरेको हुँ अमेरिकाले जबरजस्ती मर्जर गराएको थियो, मैले त समय दिएको छु, चाँडै आउनुस, नत्र समय तोकिदिन्छु ।’

लघुवित्त संस्थाहरु पनि नेपालको अर्थतन्त्रको आकारभन्दा धेरै भएको बताए । लघुवित्त संस्थालाई पनि अब अर्थतन्त्रको आकार अनुसार ल्याउनका लागि राष्ट्र बैंक लागेको उनले जानकारी गराए । 
 

प्रतिक्रिया दिनुहोस