aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मुक्तिनाथ बैंकका ग्राहकलाई एभरेष्ट ओल्ड होटेल र छाया अस्पतालमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ भदौ २०८०
मुक्तिनाथ बैंकका ग्राहकलाई एभरेष्ट ओल्ड होटेल र छाया अस्पतालमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले अर्घाखाँचीको सन्धिखर्कमा रहेको एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्रालि छाँया अस्पतालसँग सम्झौता गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन र छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेल अर्घाखाँचीमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस्तै, छाँया अस्पतालको विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।   

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।    
 

प्रतिक्रिया दिनुहोस