
काठमाडौं । सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने सनराइज फस्ट म्युचुअल फन्डको इकाईमा कार्तिक ७ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसअघि योजनाको इकाईमा आवेदन दिने छिटो अवधि असोज १२ गतेलाई तोकेको थियो । उक्त अवधिसम्म तोके बमोजिम आवेदन नपरेपछि अवधि थप भएको हो ।
योजनाले असोज ८ गतेदेखि १० अंकित दरको १० करोड कित्ता इकाई विक्रीमा ल्याएको थियो । जसमध्ये १ करोड ५० लाख कित्ता कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित राखी बाँकी रहेको ८ करोड ५० लाख कित्ता इकाई सार्वजनिक निष्कासनमार्फत बिक्रीमा ल्याएको थियो । आवेदकले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड कित्तासम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस