aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

दशैंको अफरै अफर, गल्फ खेल्दा मोबाईल फ्रि साथमा निशुल्क मोबाइल बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असोज २०७६
दशैंको अफरै अफर, गल्फ खेल्दा मोबाईल फ्रि साथमा निशुल्क मोबाइल बीमा

काठमाडौं । सिटिसी मोबाइल हब सुन्धाराले दशैंको अवसर पारेर अफरै अफर सहित मोबाइल मेला सञ्चालन गरिरहेको छ । अघिल्लो आइतबारबाट सुरु भएको मोबाइल मेलामा मोबाइल खरिद गर्दा निशुल्क मोबाइल इन्स्योरेन्स सेवा पाइने मोबाइल हबले जनाएको छ । 

विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सञ्चालति अफरै अफर सहितको मोबाईल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । साथै बाई वान गेट वान फ्रि अफर मेलाको आकर्षण रहेको छ । 

मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने राईले बताए । मेलामा आउने ग्राहकका लागि निशुल्क पार्किङको व्यवस्था गरिएको पनि मेलाको आयोजकले जनाएको छ । 

त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निशुल्क पाइनेछ ।

हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार समेत पाउनेछन् । 

असोज ५ गत्ते बाट दशै, तिहार र छठ कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ । 

दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप बितरण गरिनेछ ।  मोबाइल मेला दशैंको फूलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्म लागू हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस